काठमाडौं । काठमाडौं उपत्यकामा अब बार अनुसार आफ्नो व्यापार व्यवसाय संचालन गर्न सकिने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञाासम्बन्धी नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ ।
यही समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिनेछ । यसअघि साउन २७ गते मन्त्रिपरिषद्को बैठकले नै ठेला र फुटपाथको व्यापार बन्द गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।


