प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुनर्गठनको तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली निकट नेताहरूका अनुसार ढिलोमा अबको १५ दिनभित्र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी छ।
अर्थ, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय खाली रहेकाले आफ्नो क्याबिनेटमा नयाँ मन्त्री थप्न ढिलो नगर्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन्।
पार्टीभित्रको विवाद समाधान गर्न विष्णु पैडेलको नेतृत्वमा गठन गरिएको सुझाव कार्यदलमा रहेका अधिकांश नेता मन्त्री बन्ने नेकपा श्रोतले दाबी गरेको छ ।
६ सदस्यीय कार्यदलमा पौडेल, भिम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल थिए। तर पौडेल र पोखरेलमध्ये संभवतः एक जना मात्रै मन्त्री बन्नेछन्।
प्रधानमन्त्री ओलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं ल्याएर अर्थमन्त्री बनाउने एउटा सम्भावनाबारे पनि सोचिरहेको स्रोतहरूले जनाएका छन्। त्यस्तै बिष्णु पौडेल ,सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवाली अर्थमन्त्रीका अन्य दाबेदार हुन्।