• शुक्रवार, आश्विन ९ गते २०७७

प्रवक्ता श्रेष्ठको सचिवालयले गठन गर्‍यो कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति

प्रवक्ता श्रेष्ठको सचिवालयले गठन गर्‍यो कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति

प्रवक्ता श्रेष्ठको सचिवालयले गठन गर्‍यो कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति

  • 370
    SHARES

  • प्रवक्ता श्रेष्ठको सचिवालयले गठन गर्‍यो कोभिड-१९ स्वयंसेवा (सिभिएस) समिति

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोभिड-१९ स्वयंसेवा (Covid Volunteer Service-CVS) समिति गठन गरेको छ ।

    कोभिड-१९ प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले यस्तो समिति गठन गरिएको श्रेष्ठको सचिवालयले बताएको छ।

    उक्त समितिले कोभिड उपचारसम्बन्धि प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्नुका साथै मनोसामाजिक परामर्श सेवा पनि दिनेछ । श्रेष्ठको सचिवालयले सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान दिने उद्देश्यले उक्त काम सुरु गर्न लागिएको स्पष्ट पारेको छ ।

    ‘सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ’ आइतबार श्रेष्ठको सचिवालयद्वारा सार्वजनिक प्रेस नोटमा उल्लेख छ।

    विभिन्न उद्देश्य राखेर गठन गरिएको उक्त समितिले कोभिड-१९ र त्यसले पारेको समस्याको समाधानमा सक्दो पहल गर्ने बताएको छ। यसको कुनै राजनीतिक उद्देश्य नभएको समेत श्रेष्ठको सचिवालयले स्पस्ट पारेको छ।NKSS_COrona.jpg

    NKSS_COrona2.jpg

    NKSS_COrona_3.jpg

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology