• आइतवार, आश्विन ४ गते २०८३

कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उत्साहजनक : प्रधानमन्त्री ओली

कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उत्साहजनक : प्रधानमन्त्री ओली

कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उत्साहजनक : प्रधानमन्त्री ओली

  • 4.8K
    SHARES

  • कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उत्साहजनक : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उराठलाग्दो नभई उत्साहजनक रहेको बताएका छन्। 

    कोरोनाको महामारी रोक्न सरकार अफसल भएको आरोप लागिरहेको बेला स‌ंविधान दिवसका अवसरमा शनिबार बिहान सै‌निक मञ्‍चमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

    ‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्’, उनले भने, ‘कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ।’

    प्रधानमन्त्री ओलीले कोरोनाको महामारी पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउँदै विकासको गति केही सुस्त भए पनि नरोकिएको बताए।

    साथै उनले कोरोना  हामारीको अवस्था नआएको भए अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा सरकार रहेको दावी समेत गरेका थिए ।

    उनले भ्रष्टचारीका विरुद्ध बोल्दा मुखमा पानी नहाल्ने बताए। ‘मैले पटकपटक भन्दै आएको छु, ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ’, उनले भने।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology