इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को पहिलो खेलमा चेन्नईले बिजयी सुरुवात गरेको छ। साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै सुपर किंग्सले विजयी सुरुवात गरेको हो ।
जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै विजयी सुरुवात गरेको हो। चेन्नईको जितमा आम्बाती रायुडूले ४८ बलमा ६ चौका र ३ छकका सहित ७१ रनको योगदान दिए ।
यसघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो ।ओपनर क्विन्टन डी कक र रोहित शर्माले ४.४ ओभरमा ४६ रनको साझेदारी गर्दै मुम्बईलाई राम्रो सुरुवात दिएका थिए ।
स्पिनर पियुष चवलाले साम करनबाट राहित शर्मालाई १२ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । रोहितले १० बलमा २ चौका प्रहार गरे ।
अब चेन्नईले दोस्रो खेलमा सेप्टेम्बर २२ मा राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले २३ सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।