रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) विजयी सुरुवात गरेको छ ।
जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका ब्याट्सम्यानले खराब प्रर्दशन गर्दा पराजित हुन पुगेको हो ।
हैदराबादलाई अन्तिम ३० बलमा ४३ रन आवश्यक रहँदा ८ विकेट हातमा थियो । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो । हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरको चौथो बलमा अप्रत्याशित ६ रनमा रन आउट भए ।
हैदराबादले दोस्रो खेलमा शनिवबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले दोस्रो खेलमा किंस इलेभेन पञ्जाबसँग विहिबार खेल्ने छ ।