राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज भएको खेलमा जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
राजस्थानको जितमा राहुल टेवाटिया ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए । सुरुवाती समय निकै सुस्त इनिङ खेलेको कारण आलोचना खेपेका राहुल अन्त्यमा जितको नायक बने ।
पहिलो खेलमा पन्जाब दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाबले आफ्नो चौथो खेलमा अक्टोबर १ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ ।
राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । तेस्रो खेलमा सेप्टेम्बर ३० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।