चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै प्रिमियर लिग (आइपिएल) २०२० मा राजस्थान रोयल्सले इन्डियनले विजयी सुरुवात गरेको छ ।
चेन्नईले जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रहयो ।
राजस्थानले स्पिनरलाई आक्रमणमा ल्याएपछी सुरु भएको चेन्नईको विकेट पतन लगातार जारि रहेको थियो । फाफ डु प्लेसिसले एकतर्फ इनिङ सम्हालेपनि राम्रो साथ पाउन सकेनन् ।
धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे । रविन्द्र जडेजा १ रनमा नटआउट रहे । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १-१ विकेट हात पारे ।
चेन्नईले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ । राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्नेछन्