इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउनउदै ७ रनले पराजित गरेको हो ।
यो चेन्नईको लगातार तेस्रो हार हो भने हैदराबादको लगतार दोस्रो जित हो । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो । पाँचौ खेलमा चेन्नईले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।
हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो । हैदराबादले आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।