देशको राजनीतिक सेरोफेरोमा रहेर नेपाली कांग्रेस / नेपाल तरुण दलका नेता एबँ लोकतान्त्रिक शैक्षिक परामर्श संघ (DECAN) का अध्यक्ष श्री पदम भट्टराई संग गरेको कुराकानीका आधारमा:

१. नेपालमा अहिले भईरहेका विभिन्न खालका राजनैतिक रूपमा भए गरेका विकासित घटना क्रमहरुलाई कसरी हेर्नू भएको छ?

वास्तवमा अहिले सबै मिलेर विश्वमहामारीको रुपमा आक्रान्त पार्ने नोवेल कोरिना भाईरस (कोविड-19) का विरुद्ध एकजुट हुबु पर्ने हो, तर मानवीय संस्कार, संस्कृति र नेपालीपन कतै बन्धक बसेकोन्छ कि जस्रो आभास भएको छ । राजनिती र देश भित्रका हरेक घटना र दृश्यहरुको सूक्ष्म विश्लेषण गरिरहेको छु, हेर्नोस म कुनै व्यक्तिको प्रशंसाा वा बिरोधको कुरा चाहिँ गर्दिन तर जनु सुकै क्षेत्र, पेशा वा कोहि निवृत्त व्यक्ति होस वा राजितीज्ञहरु यदि सबैले आआफ्नो भुमिका, हैसियत र क्षेत्रबाट ईमानदारीता देखाउन सकियो कि सकिएन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ, हाल राज्य संचालन गर्ने सरकार अझं नेतृत्व गर्ने भनौं प्रतिनिधित्व गर्ने पार्टीका नेतृत्वहरुको मन लाग्दी लापरबाहीले देश नराम्ररी फंसेको छ ।

२. पुर्ब मन्त्री, सांसद र पुर्ब आईजिपी मिलेर पुर्व राज्यमन्त्रीलाई अपहरण गरेको आरोप लागिरहेको छ, त्यो बारेमा राजनीतिलाई नजिकबाट हेर्ने एउटा युवाको हिसाबले के भन्नू हुन्छ? अपहरण नै गरेका हुन वा अपहरण भएकै हो त? के भन्नू हुन्छ?

कस्तो हास्यास्पद घटना? यो एउटा राजनैतिक अपहरण हो, सत्ता उन्मादले लोभी र लालचीलाई पद, पैसा र पावरको खेल खेलाउने अपहरण हो । आफ्नो पार्टीको कुरा छोडेर अर्को पार्टी फुटाउन अनेक काण्ड गर्ने? यसमा केपी ओली को निर्देशनलाई सिरोपर गर्ने पुर्ब मन्त्री सांसद बस्नेत, अर्का सांसद किसन श्रेष्ठ र पुर्ब आईजिपी खनाल सबैले आफ्नो पृष्ठभुमि भुलेर जुन घटियापन देखाउनु भयो, त्यो समग्रमा अपहरण नै हो, यति सम्म झरेर यस्तो हर्कत उहाँहरुले गर्नु एकदमै लज्जास्पद हो ।

राजनितीमा कम्युनिस्ट चरित्रहरु संग त खासै कुनै भरोसा लाग्दैन तर पुर्व आईजिपी सर्बेन्द्र खनाल जसले आफ्नो कार्यकालमा राम्रा कामहरु गरे कि भन्ने लाग्थ्यो, तर सबै देखाउनको लागि गरिएका ढोंगी कृयाकलाप रहेछन भन्ने लाग्यो, उनी आफ्नो कार्यकालमा सुक्ष्म र सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीको दर्जामा थिए, तर आज आएर खुल्दैछ, अपराधको दुनिया छोडिसकेका निहत्था सामाखुसीका कुमार श्रेष्ठको ईन्काउन्टर, निर्मला बलात्कार पछि गरिएको हत्याकाण्ड, चितवनमा पत्रकार शालिकराम हत्याको रहस्य र त्यो घटनाले उब्जाएको अर्का चर्चित म्याराथन पत्रकार रवि लामिछाने काण्ड, चितवन कै एस एस पी दान बहादुर शाहीको सरुवा र अटेरीपन काण्ड र प्रहरी संगठन भित्रै बाट अहिले सामाजिक सन्जाल र मिडियामा पोखिएका सवाल-जवाफ लगायत अरु यस्तै खालका घटनाले पुर्ब आईजिपी खनाल सांच्चै कुनै अदृश्य लोभ र लालचमा प्रत्यक्ष प्रधानमन्त्री मन्त्री ओलीके निर्देशनमा यो ताजा घटनामा संलग्न भए भनेर आम नेपालीलाई सोच्न बाध्य बनाएको छ !

सारा विश्व कोरिना संग जुधिरहेको यो संक्रमणकालिन समयमा हाम्रो देशका प्रधानमन्त्री केपी ओली चाहिँ कसरी आर्थिक बन्दोबस्तीको व्यबस्थापन गर्ने, कसरी तानाशाही बन्ने र कसरी आफ्ना निकटकालाई टिकाईराख्ने भन्ने सोच मात्रै राखेर बसेको जस्तो देखियो, चुनाव ताका देख्नु भयो कसरी सोझा नेपाली जनतालाई अनेक शब्दजालले फंसाएर सत्ताको लागि भिख मागे भनेर? जनताले भिखमा भोट दिए त केपी ओली लगायतलाई, जिताए, झण्डै दुईतिहाई दिए – अब सुविधाजनक स्थायी सरकार चलाउ, पूरा पांच बर्ष चलाउ, राम्रो काम गरेर जनताको मन जित्न सक्यौ भने अर्को बर्ष पनि चलाउ तर देशको शासकीय स्वरुप, जनताले रगत बगाएर बनाएको संविधानले दिएका मौलिक अधिकारको अधिनमा रहेर गर भनेर दिएको हो नि, लहड र बहकावमा मन लाग्दी गर्न दिएको होईन भनेर बुझ्न सकेनन, बिस्तारै सारा नेपालीले बुझ्नेछन ।

३. त्यसो भए हाम्रो देश यो अवस्थामा आउन अहिले सरकारको गतिविधि कै कारण या केपी ओली-प्रचण्डहरुको कारण या तपाई कै पार्टी नेतृत्वको कारण ठान्नु हुन्छ त ?

नेपालमा मुख्यतया दुईवटा बर्गीय राजनैतिक विचार भएको पाईन्छ, त्यसमा एकातिर प्रजातान्त्रिक विचार पद्धति र अर्कोतिर बामपंथी वा भनौ त्यो कम्युनिस्ट शासकीय पद्धति । मैले यो कुरा किन यहाँ तपाइँलाई भनेको भने आज देशमा कम्युनिस्टहरुको वर्चस्व छ, केन्द्र देखि प्रादेशिक हुंदै नगर- गाउँ सरकार सम्म, राष्ट्रपति- उपराष्टपति, सभामुख देखि संबैधानिक आयोगहरुमा समेत बामपंथी विचारबाट प्रेरित भएकाहरुको नै वर्चस्व छ, भनौं सरकारले आफ्ना कार्यकता र समर्थक जम्मा गरेको छ, सरकार यति धेरै सुविधाजनक रुपमा भएको पनि हामीले देखिराखेका छौं, सरकार संचालनको आफ्नो अत्यन्तै सहज र पार्टीको झण्डै दुई-तिहाई बहुमत भएको अवस्थामा समेत प्रधानमन्त्री केपी ओली यति निच र अक्ष्म्य हर्कत गर्न खोज्छन भने यो लक्ष्यण चाहिँ लोकतान्त्रिक शासन व्यवस्थाका निम्ति राम्रो होईन । यसमा प्रचण्ड लगायतका कम्युनिस्ट पार्टीका अन्य शीर्ष नेताहरु पनि उत्तिकै जिम्मेवार छन !

तपाईंले हाम्रो पार्टीका नेतृत्वको कुरा गर्नु भयो, हाम्रा सभापति श्री शेर बहादुर देउवा संग कुनै पनि कम्युनिस्ट नेताको राजनीतिक स्तर नै मिल्दैन, उहाँ (देउवा) त मौलिक अधिकारहरु र सुशासन, देशको राष्ट्रीय हित, राष्ट्रबादी सोच र राष्ट्रिय विकास र शान्तिका लागि कामना भन्ने व्यक्ती हो, हाम्रा नेताहरु आफ्नै मुलुकको मौलिक विचार, प्रजातान्त्रिक संस्कार र चिन्तनबाट प्रेरित भएर २००३ साल देखि अभिछिन्न विचार, राष्ट्रिय राजनीतिमा हुनुहुन्छ, कुनै बिदेशी वाद र बिदेशी नेताका हुनुमान छैनन्, गरिवी उत्थानको नारा दिएर गरिव जनतामाथि नै खेलबाड गर्ने केपी ओली र पिके दाहालहरुलाई नेपालीले चिन्ने मौका पाउंदैछन !

४. बर्तमान राजनैतिक परिवेश, कोरोनाको कारण सामाजिक जिवनमा परेको असरबारे अन्त्यमा के भन्न चाहनु हुन्छ?

राजनीतिलाई समाज, देश र जनअपेक्षा अनुकूल सकारात्मक कामकारबाही मार्फत प्रवाह गर्नु पर्नेमा नियतबश उपभोगको माध्यम बानाईयो, त्यो पनि बिगत बिर्सिनेहरुले त झन यति सम्म गरे कि सामान्य हिसाबले मुल्यांकन गर्नै गारो भैसक्यो । खै सामजिक व्यवहार, खाली राजनैतिक जोडघटाउ, घोचपेच र व्यापारी भन्दा बढी नाफा-घाटाको लेखाजोखा गर्न मै कम्युनिस्ट सरकार र यिनका नेतृत्व लागिपरेका छन, यो सारै दु:खद पाटो हो ।

२०१९ डिसम्बरको अन्त्य तिरे छिमेकी चीनको वुहान पैदा भएको नोवेल कोरोना भाईरसले आज विश्व आतंकित छ, हामी चीनबाट नजिकै भएर पनि बेलैमा सचेतता र आवस्यक उपायका स्वास्थ्य सामग्री जम्मा गर्न सकेनौ, सकियो त केवल समय गुजारेर त्यो पनि कमिसन र नाफा-घाटाको मोलमोलाईमा अल्झिरहो, कस्तो निर्दयी सरकार र कस्ता भ्रष्टाचारी मन्त्री अनि कर्मचारी, सम्झंदा पनि उदेक लाग्छ ! अर्कोतिर लकडाउन गरेर सरकार आफुलाई सफल ठानिरहेको छ, लक-डाउन आवस्यक त हो तर त्यसबाट जनतालाई पर्ने असर र परिणामको मुल्यांकन केही गर्यो सरकारले? जनताको कसरी दैनिकी सुचारु हुन्छ भन्ने तिर ध्यान दियो? शून्य भन्दा कम जिम्मेवार भएकोले जनतालाई सरकार छ र भन्ने अवस्था आउनु ती नै जनताको भोटको निर्लज्ज अपमान हो ।