सोमवार, श्रावण ११ गते २०८३
मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबारको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो ।
जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।
यो सँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ ।
दिल्ली क्यापिटल्स ५ खेलमा ४ मा जित र १ मा हार सहित नेट रन रेटका कारण दोस्रो स्थानमा छ ।
बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology