• सोमवार, श्रावण ११ गते २०८३

थप २६३८ जनामा कोरोना संक्रमण

थप २६३८ जनामा कोरोना संक्रमण

थप २६३८ जनामा कोरोना संक्रमण

  • 4.4K
    SHARES

  • थप २६३८ जनामा कोरोना  संक्रमण

    पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

    देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् ।

    नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

    सामाजिकपत्र

    • बुधवार, आश्विन २८ २०७७११:५६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology