प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
प्रधानमन्त्रीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।
रिक्त रहेको अर्को मन्त्रालय सुचना तथा संचार प्रविधि मन्त्रालयको जिम्मेवारी भने पार्वत गुरुङले पाएका छन् । गुरुङ यसघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए।
तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गरेका थिए ।