• आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद पुनर्गठन प्रति माधब नेपाल समुह पनि असन्तुष्ट

मन्त्रिपरिषद पुनर्गठन प्रति माधब नेपाल समुह पनि असन्तुष्ट

मन्त्रिपरिषद पुनर्गठन प्रति माधब नेपाल समुह पनि असन्तुष्ट

  • 9.2K
    SHARES

  • मन्त्रिपरिषद पुनर्गठन  प्रति माधब नेपाल समुह पनि असन्तुष्ट

    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र फेरी विवाद सुरु भएको छ ।

    नेकपा अर्का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन प्रति असमति जनाई रहेको बेला पार्टीका बरिष्ट नेता माधव नेपाल पक्षका हरु पनि बिरोधमा उत्रेका छन्। 

    प्रधानमन्त्री ओलीले सचिवालयलाई कुनै पनि जानकारी नदिई मन्त्रिपरिषद पुनर्गठन गरेर मनपरी गरेको समेत  नेपाल पक्षका एक नेताले आरोप लगाएका छन् ।

    बुधबार दिउँसो पार्टीका शीर्षनेताहरुलाई पत्तै नदिई तीनजना मन्त्री  थप्दा प्रधानमन्त्रीले तीनवटै खाली मन्त्रालयमा आफ्नै गुटका नेतालाई राखेका छन् ।

    माधव नेपाल पक्षले सिनियर नेता बेदुराम भुसाल वा सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्ने दाबी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूनिकट महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीमा रोजेका छन् ।

    पूर्वमाओवादीका नेताहरुले भने महासचिव पौडेलले प्रदेश ५ को राजधानीसँग अर्थमन्त्री साटेको आरोप लगाउँदै आएका छन् ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology