• आइतवार, कार्तिक ९ गते २०७७

भट्टराईको आरोपबारे प्रधानमन्त्री ओलीको यस्तो खण्डन

भट्टराईको आरोपबारे प्रधानमन्त्री ओलीको यस्तो खण्डन

भट्टराईको आरोपबारे प्रधानमन्त्री ओलीको यस्तो खण्डन

  • 352
    SHARES

  • भट्टराईको आरोपबारे प्रधानमन्त्री ओलीको यस्तो खण्डन

    पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले लगाएको आरोपको प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र  कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकी परियोजनामा ९ अर्ब घूस लिएको भन्ने भट्टराईको आरोपलाई  गैरजिम्मेवार अभिव्यक्ति भएको उनले बताएका हुन्  ।

    'निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको र त्यो हुन्छ/हुँदैन, कसले गर्छ/गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,' प्रधानमन्त्री ओलीले भने– 'यो गैरजिम्मेवार र निराधार अभिव्यक्ति हो, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।'

    यसअघि केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले ओली, प्रचण्ड र देउवा मिलेर ९ अर्ब बाँडेर खाएको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

    भट्टराईको उक्त अभिव्यक्तिको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत औपचारिक रूपमा विज्ञप्ति निकालेरै खण्डन गरिसकेका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology