• आइतवार, कार्तिक ९ गते २०७७

काँग्रेस युवा नेता  किरणराज शर्मा पाैडेल किन लागे राजनीतिमा ?

काँग्रेस युवा नेता  किरणराज शर्मा पाैडेल किन लागे राजनीतिमा ?

काँग्रेस युवा नेता  किरणराज शर्मा पाैडेल किन लागे राजनीतिमा ?

  • 586
    SHARES

  • काँग्रेस युवा नेता  किरणराज शर्मा पाैडेल किन लागे राजनीतिमा ?


    बागलुङकाे सामाजिक जीवनमा प्रसिद्ध नाम हाे , बलेवाका हेमराज शर्मा पाैडेल । बिद्यालय , पाटी , पाैवा , पुल , सिंचाइ जस्ता निर्माण क्षेत्रमा मात्र हाेईन सामाजिक क्रान्तिका नायक दिवंगत हेमराज शर्मा पाैडेलका सुपुत्र हुन् लाेकतान्त्रिक आन्दोलनका याेद्दा किरणराज शर्मा पाैडेल । 

    तिसकाे दशकमा पञ्चायत विराेधि बिद्यार्थी आन्दोलन , ०४२ सालकाे सत्याग्रह, ०४६ तथा ०६२/६३ सालकाे जन आन्दोलनका युवा नायक किरण पाैडेल लाेकतान्त्रिक  समाजबाद वुझेका वाैद्दिक शालिन साथै प्रगतिशील बिचार राख्ने युवा  नेता हुन् । नेपाली काँग्रेस पार्टीकाे केन्द्रीय आमन्त्रित सदस्य रहेका नेता पाैडेल हाल सम्म लाभकाे पदमा बसेका छैनन् ।

    जिल्लाका नेता कार्यकर्ताका  पृय नेता पाैडेल शार्दुल , शालिन र सरल जीवनका उदाहरण हुन् । हजुरबाकाे समाजसुधारक छवि , बुबाकाे  सामाजिक क्षेत्रमा कृयाशील जीवनकाे अमिट छाप, वी. पी. काेइराला, गणेशमानसिंह तथा किसनजीकाे प्रभावले लाेकतान्त्रिक आन्दोलनमा हाेमिएका किरण पाैडेल अध्ययनशील स्वभावका नेता हुन् ।

    समाजवादी चिन्तक प्रदिप गिरि तथा प्राध्यापक पुरुशाेत्तम दाहाल जस्ता बाैद्दिक व्यक्तिसंग राजनीति छलफल गर्ने गरेका नेता पाैडेल लाेकतान्त्रिक भविष्यका लागि प्रभावकारी कार्य गर्न सक्ने क्षमता राख्छन् । एउटा सम्पन्न परिवारकाे सदस्य भएर पनि आफ्नाे  व्यक्तिगत लाभलाई ठुलाे कुरा नमान्ने पाैडेल देशभरका युवा पुस्तामा चर्चित नाम हाे ।

     जीवन पद्धति र अनुभवबारे  उहाँकै शब्दमा 

    " बाग्लुङ ,बलेवाको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । पिताजी समाजसेवी हुनुहुन्थ्यो अनि अध्ययनले शास्त्री सम्म पढेको पण्डित । मेरो हजुरबा, पिताजीको पुर्खौली घर, त्यही मेरो घर आज सम्म बाग्लुङकै पैयुपाटा, सातबिसे गाउँमै छ ।
    पिताजी २००७ सालको क्रान्ति पछि समाज सुधारक आन्दोलमा लाग्नुभएको रहेछ । सात सालमै आफ्नो काम गरेर सानो भइदैन " आफ्नो हलो आफै जोतौं" भनेर हलो जोत्ने कामको सुरुवात गर्नुभएको रहेछ । पिताजीले हलो जोतेपछी हाम्रा नातागोता सबैले "-हलो जोता पण्डित भनेर हामीले छोएको नखाने, बहिस्कार गर्ने सम्मको घटना भएको रहेछ । हजुरबाका पालादेखी नै गाउँमा कसैलाइ अन्याय पर्‍यो भने पण्डितकोमा गए न्याय पाइन्छ भनेर आउने मानिसहरुले घरमा जतिखेर पनि कचहरी भैरहन्थ्यो रे। हजुरबाका बेलादेखिनै कुनै दिन कोहि पाहुना नआउदा अचम्म हुन्थ्यो भन्नुहुन्थ्यो हजुर आमाले ।

    पिताजीले  बाग्लुङको दक्षिण भेकमा २००७  सालदेखिनै, पाठशाला, हुलाक, औषधालय, झोलुङ्गे पुल,  बिमानस्थल बनाउने जस्ता सामाजिक कामको अग्रणि नेतृत्व गर्नुहुन्थ्यो । शैक्षिक ,सामाजिक र राजनितिक क्षेत्रमा पिताजीको रुचि थियो । म सानै छँदा पनि हाम्रो घरमा पिताजीका साथिहरु कांग्रेसका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । पाहुनालाई राति राती उठेर खिर र आलुको तरकारी पकाएर खुवाएको अझै याद आउदछ।  अग्रज नेता पाहुनाले म सुत्ने कोठामा बीपी कोइरालाको फोटो देख्दा खुशी हुँदै राजनितिक गफ सुरु गर्नुहुन्थ्यो ।  रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो  त्यो राजनीतिक कुराले मेरो  मस्तिष्कमा  गहिरो छाप बसेको थियो। पिताजीको सबैलाइ सम्मान गर्ने  स्वभाबले गाउँमा सबै कांग्रेस समर्थक हुनुहुन्छ , मलाई पनि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुन पुलिसको पिटाइ खादा पनि नदुख्ने र जेल बस्न सम्मको प्रेरणा गाउँ समाजको हो । 

    २०३५-३६ सालको आन्दोलन हुँदा म गाउँकै त्रिभुवनमाबि स्कुलमा पढ्थें । सरकारि स्कूल भएकाले त्यहाँ राजनीतिक गतिविधि हुने गर्थ्यो । हामी पढ्ने बेला स्वबियुको चुनाब भएको थियो । २०४० सालमा आइएस्सी पढन चितवनको बिरेन्द्र क्याम्पसमा पुगे पछि कांग्रेसी राजनीतिको अखडा गैंडाकोटमा मेरो डेरा थियो । पिताजीका अनन्य मित्रहरुको न्यानो माया र संरक्षण पाएपछि दिनदिनै आन्दोलनका कुरा सुन्नुपर्ने, लुकिछिपी भेट्घाट, छलफल र बैठक हरुमा बस्ने त्यस्तै गतिविधीहरुमा पनि मेरो रुची बढदै गएको थियो । त्यसमाथि मेरो सक्रियता २०४२ सालको सत्याग्रहमा एकदिन र रातभर थुनिएर छुटेपछि भएको थियो । त्यति बेलानै म (प्र.) कांग्रेस बन्ने र बिभिन्न राजनीतिक दलका विद्यार्थी भातृ संगठनका कृयाकलापलाई  बुझ्ने अबसर पाँए ।

    पछि २०४५ सलमा त्रिचन्द्र क्याम्पसमा विएस्सी पढदै गर्दा मेरो मन भित्र एउटा कुरा खेली रहन्थ्यो । अब्बल विद्यार्थीहरु राजनीतिमा लाग्नु हुन्छ वा हुदैन ? पञ्चायती ब्यबस्था थियो ,कठिन अबस्था हुदाहुदै शैक्षिक माग राखेर त्रिबिका भिसी घेराउमा बस्दै गर्दा राती पक्राउ परियो । हनुमान ढोकाको प्रहरी हिरासत पार गर्दै केन्द्रीय कारागारमा चैतदेखि साउन सम्म बस्नु पर्‍यो । जेल भित्रै बस्ने बेला चीनको तियानमेन चोकको प्रजातन्त्रका लागि भएको आन्दोलन र मैले सम्पादन गरेर निकाल्ने भित्ते पत्रीका "सदर मेल-जेल पात्रो " अनि त्यो बेलामा सगै खाने र सगै सुत्ने,  विद्यार्थी राजनीति गर्न क्याम्पसका क्यन्टिनमा चिया पिउदै बर्सौ सम्म हिड्दा साथिभाइको संगतले राजनितीक लत बढदै गयो । २०४५ सालमा स्ववियू निर्वाचनमा नेविसंघबाट स्ववियु सदस्य जिते पछि मेरो राजनिती यति गहिराइमा पुगेछ कि पत्तै भएन । सगै पढ्ने दौतरीहरु कोहि इन्जिनियर पढ्न हिडे,कोहि डाक्टर पढ्न कोहि अमेरिकालगायतका देशहरु पुगे । आइएस्सी पास गरेको अब्बल बिद्यार्थी भएपनि आफू भने (प्र.)नेपाली कांग्रेसको कार्यालय जमल जाने बानी बस्यो । प्रजातान्त्रिक आन्दोलन गर्ने बहुदल ल्याउने , देश सम्पन्न र समृद्धि बनाउने भन्ने गफ सुनेर मख्ख पर्दै नेपाली कांग्रेसको सम्मेलन स्थल, चाक्सिबारी, क्षेत्रपाटीको आगनमा पुगियो । 

    २०४६ साल माघमा शुरु भएको सम्मेलनले फागुन ७ देखि जन-आन्दोलन गर्ने भनेपछी नेबि संघका खातापाता देखि पार्टीका गोप्य लुकाउन पर्ने सबै मेरो कोठामा राख्ने अबसर दिनुभयो नेताजीहरुले । डेरा दुइवोटा चाइने भयो, बागबजार मै अर्को डेरा खोजे, गैंडाकोटको घडेरी बेचेको पैसा टन्न थियो । १०-८ जनालाइ भात खुवाउन पनि दुख थिएन । साथिभाइ मिलेर बसियो, मेस चलाइयो दाल भात खाइयो, आन्दोलन गरियो ।

    २०४६ सालको जन-आन्दोलनको बेलाको समर्पित बन्न पाएकोमा धन्य सम्झिन्छु । त्यो बेलामा मैले गरेको साहसिक योगदान ब्यबस्था परिबर्तन गर्न ,राजनितिक अधिकार बहाली गर्न, नेपालीलाइ रैती बाट नागरिक बनाउन गणेशमान मन्त्र सुनेर गरेको थिए । म आफू सफल भए ,देश सफल भयो । २०४६ सालमा नै त्रिचन्द्र क्याम्पसमा नेबि संघको अध्यक्ष बन्न पाए । पछि नेबि संघमा केन्द्रीय सदस्य हुँदै महामन्त्री सम्म बन्ने मौका मिल्यो । २०५१ सालमा नेपाली कांग्रेस बाग्लुङको जिल्ला सदस्य हुँदै २०६० साल देखि महासमिती सदस्य रहदै आएको छु ।

    राजनीति भनेको पाउने र कमाउने व्यवसाय बनाउन म लागेको होइन ।  कत्तिले यसलाई यही रुपमा बुझेका पनि होलान । तर म यहाँ एक्कासी आइपुगेको पनि होइन, धेरै कुरा त्याग गर्न सकेको हुनाले आएको छु ।  त्यागको ब्याज खान राजनितिमा लागेको होइन । मलाइ अध्ययन गर्न सक्नु हुन्छ । सुखदुःखमा साथ दिन सदा तत्पर रहिरहेको छु, तीन  बर्ष अगाडि राजनितिक कामकै सिलसिलामा गैंडाकोट सम्मको यात्रा गर्दा गम्भीर दुर्घटना बाट बचेको छु, पुनर्जन्म पाएकोमा धन्य छु ।

    मैले राजनीतिमा लागेर धेरै गुमाएको छु । मैले आफ्नो उर्वरा उमेर सगै व्यक्तिगत जीवन गुमाएकोछु । सधै पार्टी, संगठन, भन्दा भन्दै आफ्नो पारिवारलाइ समय दिन सकेको छैन । महत्त्वपूर्ण जग्गा जमिन बेचेर चलेको छु, इस्टमित्र,साथी भाइहरुको माया,स्नेह र सहयोग पाइरहेको छु त्यसैले आज सम्म सगौरब बाच्न सकेको छु ।  "

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology