प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
कर्णाली प्रदेशका कारण सिर्जना भएको विवादले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव बढ्दै गएपछि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
ओलीले नेपाललाई छलफल गर्नकोको बालुवाटार बोलाएका स्रोतले बतायो । त्यसक्रममा ओलीले नेपालसँग नयाँ समीकरणको प्रस्ताव समेत गरेको श्रोतले बताएको छ ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्मका अविश्वास हट्ने गरी सँगै मिलेर अघि बढ्न नेपाललाई आग्रह गरेका छन्। ओलीले प्रचण्डसँग भन्दा आफूसँग मिलेर जान नेपाललाई आग्रह गरेका हुन् ।
लामो छलफल भए पनि दुई नेताबीच कुनै ठोस सहमति भने नभएको स्रोतले जनाएको छ।