• सोमवार, श्रावण ११ गते २०८३

केपी ओलीको लक्ष्य - नेपाललाई उच्च जीवनस्तर भएका खुसी नागरिक बस्ने देश बनाउने

केपी ओलीको लक्ष्य - नेपाललाई उच्च जीवनस्तर भएका खुसी नागरिक बस्ने देश बनाउने

केपी ओलीको लक्ष्य - नेपाललाई उच्च जीवनस्तर भएका खुसी नागरिक बस्ने देश बनाउने

  • 5.2K
    SHARES

  • केपी ओलीको लक्ष्य - नेपाललाई  उच्च जीवनस्तर भएका खुसी नागरिक बस्ने देश बनाउने

    काठमाण्डौ - आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको पुर्ण बैठकले  नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रुपमा विकास गर्ने गरी अवधारणापत्र बनाएको छ ।

    अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित नागरिक बस्ने मुलुकका रुपमा समेत नेपाललाई रुपान्तरण गर्ने लक्ष्य राखेको आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिएका छन् ।

    अवधारणापत्र अनुसार नेपाल २०७९ सालमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । त्यस समयसम्म प्रतिव्यक्ति आय भने १४ सय डलर पुर्‍याउने लक्ष्य छ ।

    आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको यात्राले गति प्रारम्भ गरिसकेको बताए । उनले दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तब्य र सूचक हासिल गर्न सबै पक्षले इमानका साथ काम गर्नुपर्ने समेत उल्लेख गरे ।

    उनले जनताको समृद्धि र सुखको आंकक्षा सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्न समेत निर्देशन दिएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology