• आइतवार, आश्विन ४ गते २०८३

फेरि कमिडि गरे प्रधानमन्त्रीले, भन्छन नुन पानीले गालगुल गरिदियो कोरोना चैट

फेरि कमिडि गरे प्रधानमन्त्रीले, भन्छन नुन पानीले गालगुल गरिदियो कोरोना चैट

फेरि कमिडि गरे प्रधानमन्त्रीले, भन्छन नुन पानीले गालगुल गरिदियो कोरोना चैट

  • 3.9K
    SHARES

  • फेरि कमिडि गरे प्रधानमन्त्रीले, भन्छन नुन पानीले गालगुल गरिदियो कोरोना चैट

    काठमाण्डौ - प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोनासँग जोडेर फेरी कमिडी गरेका छन् । ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

    नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरे।

    उनले भने,‘अलि तातोतातो पानी लिँदै 'नस' लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट! नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गालगुल गरिदिऊँ, घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड परसेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही परसेन्ट सुरक्षित गर्ने हो केही परसेन्ट बाँकी रहन्छ त्यही केही परसेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’ 

    आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology