• सोमवार, श्रावण ११ गते २०८३

बालुवाटार हल्लिने गरि ठाकुर–महतोले राखे यस्तो प्रस्ताव, तनावमा प्रधानमन्त्री ओली

बालुवाटार हल्लिने गरि ठाकुर–महतोले राखे यस्तो प्रस्ताव, तनावमा प्रधानमन्त्री ओली

बालुवाटार हल्लिने गरि ठाकुर–महतोले राखे यस्तो प्रस्ताव, तनावमा प्रधानमन्त्री ओली

  • 5.2K
    SHARES

  • बालुवाटार हल्लिने गरि ठाकुर–महतोले राखे यस्तो प्रस्ताव, तनावमा प्रधानमन्त्री ओली

    काठमाडौं - जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी विभाजन गर्न नसकेपछि प्रधानमन्त्रीलाई पार्टी विभाजन गर्न मिल्ने गरि दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न अनुरोध गरेका छन्।

    ठाकुर–महतोले सोमबार प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर पार्टी विभाजन गर्न मिल्ने गरे दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न अनुरोध गरेको जसपाका दोस्रो वरीयताका एक नेताले बताए ।

    जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र बहुमतमा रहेकाले ठाकुर–महताले पार्टी विभाजन गर्न अप्ठ्यारो परेको छ । ठाकुर–महताले पुरानो दल राष्ट्रिय जनता पार्टी (राजपा)लाई ब्युँताउने प्रयास गरेका छन् । जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् भने ठाकुर–महतो अल्पमतमा छन् । ५१ सदस्यीय कार्यकारिणीमा ठाकुर–महतोसँग करीव २० जना मात्रै सदस्य रहेको स्रोतको दाबी छ ।

    प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरेर निर्वाचन घोषणा गरेपछि संसदीय दलको हैसियत छैन । संसदीय दलमा ठाकुर–महतो बहुमतमा थिए ।

    प्रतिनिधि सभा विघटन भएपछि केन्द्रीय कार्यकारिणी समितिको निर्णय महत्वपूर्ण हुन्छ । कार्यकारिणी समितिमा अल्पमतमा भएपछि ठाकुर–महतोलाई सरकारमा जाने निर्णय गर्न समस्या भएको छ । अल्पमतमा भएकै कारण ठाकुर–महताले सरकारमा सहभागी हुने निर्णय गराउन सकेका छैनन् ।

    ‘जसपा फुटाउन ठाकुर–महतोलाई सहज हुने गरेर अध्यादेश ल्याउन प्रधानमन्त्रीज्यूसँग अनुरोध गरिएको छ’, ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘प्रधानमन्त्रीज्यूले दल विभाजनका लागि अध्यादेश ल्याउने वा नल्याउने स्पष्ट जवाफ दिनुभएको छैन ।’

    प्रधानमन्त्री ओली दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सकारात्मक छैनन् । जसपा विभाजन गर्न अध्यादेश ल्याउँदा त्यसको असर एमालेभित्र पर्नेछ ।

    एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूह पार्टी विभाजन गर्न बिकल्प खोजेर बसेको छ । ठाकुर–महतोका लागि दल विभाजनको अध्यादेश आउनेवित्तिकै सबैभन्दा ठूलो नोक्सानी एमालेलाई हुने प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली निकटका नेताहरूको भनाइ छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology