काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन शक्तिशाली मन्त्रालय मन्त्री विहीन भएका छन् । प्रधानमन्त्रीले रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसंगै राखेका छन। धेरैले अनुमान गरेझैँ गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीले जसपाका नेतालाई दिएनन।
जसपा सरकारमा सहभागी भएसंगै केपी ओलीले नेतृत्व गरेको सरकार शक्तिशाली भएको छ।
शक्तिशाली मन्त्रालय प्रधानमन्त्रीले आफूसँग राख्दा आफ्नो पार्टी भित्र र वाहिरपनि मन्त्रिको पद देखाएर बार्गेनिङ्ग पावर बढाउने अस्त्रको रुपमा बुझ्न सकिन्छ।