सयुक्त विद्यार्थी सङ्गठन द्वारा गोरखामा प्रतिगमन विरुद्ध भोलि राके जुलुस निकाल्ने
सयुक्त विद्यार्थी सङ्गठन द्वारा गोरखामा प्रतिगमन विरुद्ध भोलि राके जुलुस निकाल्ने
3.4K
SHARES
केपि ओलिको प्रतिगामी कदम र मर्यादा मिची शिक्षामन्त्रीले जातीय भेदभाव लाई बडवा दिएको भन्दै गोरखाका प्रमुख ४ विद्यार्थी सङ्गठनले भोलि गोरखा बजारमा राके जुलुस निकाल्ने भएका छन। हेर्नुहोस प्रेस वक्तव्य आज मिति २०७८ असार १५ गते जिल्लाका प्रमुख चार विद्यार्थी संगठनको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा शैक्षिक तथा समसामयिक विषयमा गरिएका निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ । १. सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध तथा संसद पुनस्थापनाको माग गर्दै संयुक्त रुपमा भोली मिति २०७८ असार १६ गते जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय भएको छ । साथै सर्वोच्च अदालतले विधिको शासन र संसदको सरकार निर्माण गर्ने अधिकारलाई सुरक्षित गर्न संसदको पुनस्थापना गर्ने विश्वास गर्दछौं । २. लकडाउन अवधिको सम्पूर्ण शुल्क राज्यले वहन गरी विद्यार्थीलाई शुल्क नथोपर्न माग गर्दछौं । मनपरी शुल्क थोपरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं ३. मन्त्री पदको मर्यादा समेत ख्याल गरी शिक्षामन्त्रीबाट संविधान र कानूनलाई चुनौती दिने गरी गरिएको हर्कत साथै जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं. ७ बोर्लाङ्गमा पशु प्राविधिक माथि गरिएको जातीय दुर्व्यवहारको विरोध गर्दै दलित आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दछौं । ४. कोभिड महामारीको विकल्प खोप भएको हुँदा आम नागरिकलाई खोप ब्यवस्था गर्न जोडदार माग गर्दछौं । साथै विद्यार्थी र शिक्षकलाई तत्काल कोभिड विरुद्धको खोपको ब्यवस्था गरी शैक्षिक संस्था सञ्चालनको वातावरण तयार गर्न माग गर्दछौं । ५. महामारीको मौका छोपेर दैनिक उपभोग्य सामाग्री लगायत पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धिको निन्दा गर्दै आकाशिएको महङ्गी, कालोबजारी नियन्त्रण तथा कोभिड विरुद्धको खोप एवं स्वास्थ्य सामाग्री खरिदमा भएको चरम भ्रष्टाचारप्रति राज्यले साँधेको मौनताको भर्त्सना गर्दै जनताप्रति जवाफदेही र उत्तरदायी भूमिका निर्वाह गर्न ओली सरकारको ध्यानाकर्षण गराउँदछौं । अधिनायकवादी, स्वेच्छाचारी र प्रतिगमनका विरुद्ध सामुहिक आवाज बुलन्द गर्न, शैक्षिक वेथिति विरुद्ध संघर्ष गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्न आम नागरिक, युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, नागरिक अगुवा सबैमा हार्दिक अपिल गर्दछौं ।