• बिहिवार, कार्तिक २० गते २०८३

२ दिन नवित्दै केपी ओलीलाई चौतर्फी झड्का

२ दिन नवित्दै केपी ओलीलाई चौतर्फी झड्का

२ दिन नवित्दै केपी ओलीलाई चौतर्फी झड्का

  • 6.6K
    SHARES

  • २ दिन नवित्दै केपी ओलीलाई चौतर्फी झड्का

    राष्ट्रपतिले अध्यादेश जारि गरेको मसि सुक्न नपाउदै फुटेको नेकपा एमालेको सबैभन्दा ट्रेण्डिङ्ग  रहेको शब्द रामकुमारी झाक्री हो। सामाजिक संजाल उनका प्रशंसाले रंगिएका छन्। 

    नेकपा एमाले समाजवादीकी नेत्री रामकुमारी झाक्रीले जवर्जस्ती नेतृत्वमा यसरि हस्तक्षेप गरिन कि केपी ओली र नेकपा एमालेका दोस्रो पुस्ता झस्किए। वास्तवमा केपि ओलीसहित नेपाली  राजनीतिमा रहेको मूल नेतृत्वको सबैभन्दा कमजोरी पक्ष भनेकोनै  नयाँ पुस्तामा अवरोध सिर्जना गर्ने हो।

    यसको अर्थ यो होईनकि झाक्रि मूल नेतृत्वमा स्थापित भईसकिन। तर, झाक्रिले सामाजिक संजालमा रातारात यस्तो छबि बनाईनकि आम पब्लिकमा उनी रुचाईएकि राजनीतिक पात्र हुन्। 

    आफूलाई सधै एकताको पक्ष वताउने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने वताएका छन्। यो समाचार केपी ओलीको लागि अर्को झड्का हो। 

    यसैगरि माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरु नेकपा एमालेको बैठकमा सहभागी नहुने भएका छन्। यो समाचार केपी ओलीको लागि अर्को झड्का हो। 

    खेलहरु विस्तारै  सतहमा आउलान तर, यो कुरा सहजै अनुमान लगाउन सकिन्छ कि माधब कुमार नेपाल तयारीका साथ मैदानमा आएका छन् । 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology