• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौँ उपत्यकामा लकडाउनमा नयाँ नियम लागु (बिज्ञप्तिसहित)

काठमाडौँ उपत्यकामा लकडाउनमा नयाँ नियम लागु (बिज्ञप्तिसहित)

काठमाडौँ उपत्यकामा लकडाउनमा नयाँ नियम लागु (बिज्ञप्तिसहित)

  • 6.4K
    SHARES

  • काठमाडौँ  उपत्यकामा लकडाउनमा नयाँ नियम लागु (बिज्ञप्तिसहित)
    फाइल तस्विर

    काठमाडौं । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

    बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए ।

    उनका अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।

    जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।

    सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

    होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

    CDO-order-1.jpg

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology