• सोमवार, श्रावण ११ गते २०८३

ओलीले आफ्नो दम्भ देखाउँदै विप्लव पार्टी फुटाउने तयारीमा ?

ओलीले आफ्नो दम्भ देखाउँदै विप्लव पार्टी फुटाउने तयारीमा ?

ओलीले आफ्नो दम्भ देखाउँदै विप्लव पार्टी फुटाउने तयारीमा ?

  • 3.8K
    SHARES

  • ओलीले आफ्नो दम्भ देखाउँदै विप्लव पार्टी फुटाउने तयारीमा ?

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजनको सँघारमा पुगेको छ । महासचिव विप्लवको राजनीतिक लाइनसँग असहमत भएका वरिष्ठ नेता हेमन्तप्रकाश ओली र अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले नेकपाबाट विकल्प खोज्न सक्ने बताइएको छ । विप्लवले चुनावी लाइन लिने राजनीतिक प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेपछि ओली र बाँस्तोला विपक्षमा उभिएका थिए ।

    ओली र बाँस्तोलाको आडमै बहुमत केन्द्रीय सदस्य चुनावलाई उपयोग गर्ने लाइनको विरोधमा छन् । विप्लवको राजनीतिक लाइनविरुद्ध उभिने नेताहरूले एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्धको विषयमा पनि प्रश्न उठाएका छन् ।

    नख्खु जेलमै रहेको बेला आफुसँग कुनै पनि सल्लाह नगरी विप्लव र प्रकाण्डले ओली सरकारसँग ४ बुँदे सहमति गरेपछि वरिष्ठ नेता हेमन्तप्रकाश ओली रष्ट बनेका थिए । त्यस्तै उनले आफुलाई पार्टी कै योजनामा पक्राउ गराईएको भन्दै असन्तुष्टीसमेत राख्दै आएका थिए ।

    विप्लवको लाइनमा असहमत भई चुनाव बहिष्कार गर्ने निर्णयमा पुग्नेहरूबीच एकता हुने सम्भावना बढेको कपिलवस्तुबाट एक केन्द्रीय सदस्यले बताए । ती सदस्यका अनुसार चुनाव बहिष्कार गरेर क्रान्तिकारीहरूबीच ध्रुवीकरण गर्नुपर्ने ओलीको मतले पनि वैद्यसँग मिल्न सक्ने संकेत गरेको छ । बैठकमा ओलीले क्रान्तिकारीहरूबीच एकता गर्नुपर्ने मत राखेका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology