• सोमवार, श्रावण ११ गते २०८३

गोरखामा आत्महत्या गर्नेहरुको संख्या उच्च

गोरखामा आत्महत्या गर्नेहरुको संख्या उच्च

गोरखामा आत्महत्या गर्नेहरुको संख्या उच्च

  • 3.2K
    SHARES

  • गोरखामा आत्महत्या गर्नेहरुको संख्या उच्च

    गोरखा- जिल्लामा आत्महत्याको समस्या उच्च पाइएको छ । चालु आर्थिक वर्षको साउन देखि अहिलेसम्म ६३ जनाले आत्महत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एपसी केदार खनालका अनुसार सबै उमेर समूहका व्यक्तिले आत्महत्या गरेका छन् । ‘यो डाटा हेर्दा १८ वर्ष मुनिका मात्र ८ जनाले आत्महत्या गरेको देखिन्छ,’ उनले भने,‘१८ देखि २५ वर्ष उमेर समूहका १७ जना र ६० वर्ष माथिका पनि १० जना छन् ।’

    २६ देखि ३५ वर्ष उमेर समूहका १०, ३६ देखि ४५ र ४६ देखि ६० उमेर समूहका ९\९ जनाले आत्महत्या गरेको उनले बताए । गत वर्ष जिल्लाका ६९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा धेरै आत्महत्याका घटना भएको तथ्याङ रहेको प्रहरीले जनाएको छ ।

    गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रालयले आइतबार जिल्ला सदरमुकाम गोरखामा गरेको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एसपी खनाले आत्महत्याको समस्या बिकराल रहेको बताए । कार्यक्रममा जिल्ला न्यायधिबक्ता खिमानन्द गौतमले आत्महत्या सम्बन्धी समस्या, दु?त्सान लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्मा आत्महत्या न्यूनीकरण सचेतनामुलक कार्यक्रम गाउँगाउँ पु¥याउनु पर्ने बताए ।

    ‘हामीले यसपटकबाट एउटा प्रयास सु? गरेका छौं, प्रदेश सरकारले यो कार्यक्रमलाई निरन्तरता दिन्छ,’ उनले भने,‘संघ स्थानीय तहहरुको सहयोगमा गाउँगाउँमा सचेतना फैलाउनु ज?री छ ।’ यसैगरी जिल्ला समन्वय समितिकी उपप्रमुख लिला नेपालीले महिला तथा आमासमूह, टोलबिकास संस्थाह?लाई सचेतनामुलक कार्यक्रम मार्फत अभिमुखिकरण गराउनु पर्ने बताईन । कार्यक्रममा बोल्दै स्थानीय तहका प्रमुखह?ले आत्महत्या न्यूनीकरणको  लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चाय, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमल्सीना, पालुङ्टार नगरपालिका प्रमुख विवश चिन्तन लगायतले मन्तव्य राखेका थिए ।

    डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने विभिन्न सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्ने विज्ञहरु बताउँछन् ।  गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि, परीक्षामा असफलता, प्रेममा बिछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भ आदीका कारणले व्यक्ति आत्महत्याको बाटो रोज्न पुग्ने विज्ञहरुको भनाई छ । यसैगरी व्यापार–व्यवसायमा घाटा तथा क्षति, धेरै ऋण, सामाजिक अपमान तथा बहिष्कार ।

    आत्मसम्मानमा ठेस जस्तैः झुटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्ती, अरूको सामु बेइज्जती आदि),  प्रियजन तथा आफन्तको मृत्यु, मानसिक अन्तद्र्वन्द्व, मद्यपान तथा दुव्र्यसन, पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता, यौन समस्या, दाइजोसम्बन्धी समस्या, घरेलु हिंसा तथा पारिवारिक कलह, बेरोजगारी तथा आर्थिक समस्या,  बलात्कारको पीडा, आत्महत्याको पारिवारिक इतिहास आदिले पनि आत्महत्याका लागि प्रेरित गर्नेहरुको अध्ययनहरुले देखाएका छन् ।  जैविक दृष्टिमा आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिन आदि स्नायु रसायनहरूको कमी हुन्छ । यस्ता रसायनहरूको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्छ र उनीहरूमा आक्रमक तथा विध्वंसक आचारण बढ्छ, जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् ।

    लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार बि?द्धको कार्यक्रम सम्पन्न लागू औषध दु?पयोग तथा अबैध ओसारपसार बिरुद्धको एक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त आयोजना र गृह मान्त्रलयको घोषित ७ दिने कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

    कार्यक्रममा ‘बनाऔ लागू औषध मुक्त गाउँ शहर, मिलेर संघ, प्रदेश अनि स्थानीय सरकार, स्वच्छ विचार लागू औषध गरौ बहिष्कार, सुखी नेपाली समृद्ध नेपालको सपना, लागू औषध मुक्त समाजको परिकल्पना’ जस्ता नाराहरु लेखिएका प्ले कार्ड र ब्यानर सहितको जि.वि.स. चोक, शक्ति चोक, बसपार्क हुँदै बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय गोरखामा आएर समापन भएको थियो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख यस प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबाबु श्रेष्ठ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायत अन्य संघ संस्थाका प्रतिनिधीह?को उपस्थितीमा कार्यक्रम भएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology