• शुक्रवार, आश्विन ९ गते २०७७

वर्षौदेखि अलपत्र छ सिरानचोककाे चन्द्रोदय माविको भवन

वर्षौदेखि अलपत्र छ सिरानचोककाे चन्द्रोदय माविको भवन

वर्षौदेखि अलपत्र छ सिरानचोककाे चन्द्रोदय माविको भवन

  • 328
    SHARES

  • वर्षौदेखि अलपत्र  छ  सिरानचोककाे चन्द्रोदय माविको भवन

    चार वर्षअघि निर्माण थालिएको गोरखाको सिरानचोक गाउँपालिकाको एक विद्यालयले अझै पुर्णता पाउन सकेको छैन । पालिकाको वडा नं ७ सिम्लेमा रहेको चन्द्रोदय माविको भवन चार वर्षसमा पनि निर्माण पुरा हुन नसकेको हो।

    बिदेशमा रहेका स्थानीयहरूको आर्थिक सहयोगमा ४ वर्षअघि निर्माण थालिएको विद्यालयको भवन अलपत्र अवस्थामा रहेको छ । यति लामो समय बितिसक्दा समेत विद्यालयको चार कोठे पक्की भवन निर्मान हुन सकेको छैन ।

    हालका गाउँपालिकाका अध्यक्ष राजु गुरुङले स्थानीय चुनावको मुखमा उक्त बिद्यालय भवन बनाउन आर्थिक सम्योजनको जिम्मेवारी लिएका थिए । बिदेशबाट पठाइएको पैसा उनकै नाममा आएको हो । स्थानीय दुर्गा गुरुङलाई भवन निर्माणको ठेक्का दिएर राजु गुरुङ स्थानीय निर्वाचनमा होमिए । दुर्गा गुरुङ नेविसंघका पुर्वजिल्ला सभापति समते हुन्।

    गुरुङ्ग गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको यतिका वर्ष हुदाँ पनि विद्यालय भवन निर्माणले पूर्णता पाउन नसकेकोमा भने स्थानियहरुले दुखेसो व्यक्त गरेका छन्।

    ६९ लाख लागतमा बन्ने प्राबिधिक स्टमेट भएको दुई तले भवन अहिले लथालिङ्गको अवस्थामा रहेको छ ।

    विद्यालयका प्रधानाध्यापक भरत ढकालले भवन निर्माण समयमै पूरा नहुनुको कारण बारे खुलेर बोल्न चाहेनन् । ‘भवन त पहिलेनै बन्नु पर्ने हो तर के कारणले यस्तो भयो आफूलाई जानकारीनै भएन’, उनले  बताए । नजिकै जाइकाले निर्माण गरेको भवनका कारण निर्माण सामग्री राख्ने ठाउँको अभावले उक्त भवन समयमै निर्माण हुननसकेको उनले दावी गरे।

    जव कि जाइकाले निर्माण थालेको दुई वर्षमा आठ कोठे पक्कि भवन निर्माण सम्पन्न गरेको थियो। भवनमा निर्माणमा हालसम्म कति खर्च भयो भन्ने आधिकारिक जानकारी विद्यालय प्रशासनलाई समेत छैन ।

    सामाजिकपत्र

    • सोमवार, भाद्र २२ २०७७१२:५८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology