• सोमवार, श्रावण ११ गते २०८३

गोरखाको हिमपहिरोमा फसेका नवलपुरका २ जनालाई सकुशल उद्वार

गोरखाको हिमपहिरोमा फसेका नवलपुरका २ जनालाई सकुशल उद्वार

गोरखाको हिमपहिरोमा फसेका नवलपुरका २ जनालाई सकुशल उद्वार

  • 3.9K
    SHARES

  • गोरखाको हिमपहिरोमा फसेका नवलपुरका २ जनालाई सकुशल उद्वार

        उत्तरी गोरखाको हिमपहिरोमा फसेका २ जनालाई सकुशल उद्वार गरिएको छ । नवलपुर कावासोती निवासी सौरभ खनाल र अनिता घलेलाई सकुशल उद्वार गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

    समुन्द्र सहतबाट करीब ५ हजार १०६ मिटर अग्लो लार्के पास गर्न गएका उनीहरु हिजो दिउँसो हिमपहिरोमा परेको पर्यटक गाईड सुसन गुरुङले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले बताउनुभयो ।

    धर्मशालाबाट बिहानै हिडेका उनीहरुलाई गुरुङ हिमपहिरोमा फसेको बारेमा स्थानिय र प्रहरीमा जानकारी गराएका थिए । त्यस लगत्तै साम्दोको गुम्बाबाट गएका स्थानियहरुको एक समूहले दुवैजनालाई सकुशल उद्वार गरे बुधबार मध्य राती धर्मशालामा फर्काउन सफल भएको थियो ।

    प्रहरीका अनुसार खनालको स्वास्थ्यमा केही समस्या देखिएको र घले भने सकुशल नै रहेका छन् । दुवै जनालाई हेली मार्फत राजधानी लैजाने प्रयास भई रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

     

    सामाजिकपत्र

    • बिहिवार, चैत्र ९ २०७९०१:१५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology