• सोमवार, श्रावण ११ गते २०८३

गोरखामा एक फरार महिला अभियुक्त पक्राउ

गोरखामा एक फरार महिला अभियुक्त पक्राउ

गोरखामा एक फरार महिला अभियुक्त पक्राउ

  • 2.8K
    SHARES

  • गोरखामा एक फरार महिला अभियुक्त पक्राउ

    गोरखामा एक जना फरार महिला अभियुक्त पक्राउ परेकी छन् । भिमसेन थापा गाउँपालिका वडा नं ८ बोर्लाङकी हिरा देवी श्रेष्ठलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो।

    कर्तव्य ज्यान कसूर मुद्धामा ५ महिना १३ दिन कैद तोकिएका उनी लामो समय देखि फरार रहेका थिए ।

    गोरखा जिल्ला अदालतबाट कैद तोकिई फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरिएको छ । सोही टोलीले उनलाई पक्राउ गरिएको हो ।

    प्रकाउ गरी उनलाई कैद असूल उपरका लागि हिजो नै जिल्ला अदाल गोरखामा पठाएको थियो । अदालतबाट पक्राउ परेका श्रेष्ठलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

     

    सामाजिकपत्र

    • सोमवार, चैत्र १३ २०७९०९:५०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology