गोरखाको मनकामना मन्दिरमा रहेको मानकामना केबुलकार आज (बुधवार) बन्द हुने भएको छ । नेपालकै पहिलो केबुलकार नियमित मर्मत संभारको लागि बन्द गर्न लागेको केबुलकार प्रशासनले जनाएको छ ।
मनकामना दर्शन प्रालिले आइतबार एक सूचना जारी गर्दै नियमित मर्मत संभारको लागी आज एक दिन केबुलकार बन्द गर्न जानकारी गराएको थियो ।
भोली बिहीबार बिहानैदेखी भने केबुल कार नियमित रुपमा संञ्चालनमा आउने बताएको छ । प्रशासनले केबुल कार बन्द हुँदा श्रद्वालु भत्तजनमा पर्न जाने अुसविधाको लागि क्षमा याचना समेत गरेको छ ।