• शनिवार, कार्तिक ८ गते २०७७

गोरखाका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध

गोरखाका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध

गोरखाका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध

  • 391
    SHARES

  • गोरखाका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध


    सामाजिक सेवा दिबसको अबसरमा गैरसरकारी संस्था गोरखाद्रारा गोरखाका सुरक्षाकर्मीहरु लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । सामाजिक सेवा दिवशका अवसरमा महासंघले जिल्लाका सुरक्षाकर्मीहरु लाई अत्यावस्यक स्वस्थ्य सामाग्री सहयोग गरेको हो ।

    २४ सै घण्टा फ्रण्ट लाइनमा खटिने सुरक्षाकर्मीहरु लाई कोरोना भाइरसको जोखिमबाट बचाउन मास्क, सेनिटाइजर, फेस सिल्ड, ग्लोप्स लगायतका सामाग्री सहयोग गरिएको गैसस महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठले जानकारी दिए ।

    सो सामाग्री मंगलबार जिल्ला प्रहरी कार्यालयमा एसपी सुरेन्द्र बहादु्र गुरुङलाई महासंघ गोरखाका अध्यक्ष श्रेष्ठ र महासंघका गण्डकी प्रदेश संयोजक एवं केन्द्रिय सदस्य काजीराम रोकाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

    त्यस्तै सशस्त्र प्रहरी वल गोरखाका डिएसपी राजेन्द्र अधिकारी लाई  स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जसमा ५ सय पिस सर्जिकल मास्क, ५ लिटरको एक थान र ५ सय एमएलको ४ थान सेनिटाइजर, ५० थान फेस सिल्ड र पञ्जा रहेको बताइएको छ ।

    महासंघले सामाजिक सेवा दिवशका अवसरमा बुधबार सदरमुकाममा २० जना बृद्धबृद्धालाई सम्मान गर्ने र आगामी शनिबार गोरखामा कृयाशिल गैससहरुको पारदर्शिता र सुशासनका बारे अन्तरकृया कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, आश्विन ८ २०७७०८:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology