• सोमवार, श्रावण ११ गते २०८३

बनस्थलीको आइसोलेसन सेन्टर व्यवस्थित गर्न प्रबक्ता श्रेष्ठको निर्देशन

बनस्थलीको आइसोलेसन सेन्टर व्यवस्थित गर्न प्रबक्ता श्रेष्ठको निर्देशन

बनस्थलीको आइसोलेसन सेन्टर व्यवस्थित गर्न प्रबक्ता श्रेष्ठको निर्देशन

  • 11.7K
    SHARES

  • बनस्थलीको  आइसोलेसन सेन्टर व्यवस्थित गर्न प्रबक्ता श्रेष्ठको  निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कोभिड-१९ को संक्रमितहरूलाई राख्नका लागि तयार पारिएको आइसोलेसन सेन्टर व्यवस्थित गर्न निर्देशन दिएका छन्। 

    बनस्थलीस्थित खरिबोटमा आइसोलेसन सेन्टर व्यबस्थित नभएको, ढल तथा सेफ्टिट्याङ्की अब्यब्यस्थित भएको जन गुनासो आएपछि श्रेष्ठ उनको सचिबालयले गठन गरेको कोभिड–१९ स्वयंसेवा समिति (सीभीएस) को टिम सहित स्थलगत अनुगमनमा गएका थिए।  

    अनुगमन टिममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराज गेलाल, स्वास्थ्य विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह, सर्वाङ्ग अस्पतालको व्यवस्थापन टिम, वडाका जनप्रतिनिधि समेत  थिए । 

    श्रेष्ठको निर्देशनपछि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक र स्वास्थ्य विभागका महानिर्देशकले आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्ने काम तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology