• सोमवार, श्रावण ११ गते २०८३

भेडीगोठालाका नलेखिएका कथा

भेडीगोठालाका नलेखिएका कथा

भेडीगोठालाका नलेखिएका कथा

  • 5.8K
    SHARES

  • भेडीगोठालाका नलेखिएका कथा

    जुम्लाको तातोपानी गाउँपालिका-७ सर्मीका प्रकाश कुँवरले भेडा पाल्नकै लागि पढाइ छाडे।

    १३ वर्षदेखि भेडा पालन सुरु गरेका उनी अहिले १९ वर्षका भए । कुँवरले ६ वटा भेडाबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनको गोठमा ७० वटा भेडा छन्

    कुँवर जस्तै यहाँका धेरै बालबालिका बाध्यताले पढाइ छाडेर गोठाला बनेका खबर आजको राजधानी दैनिकमा जुमबाट मानबहादुर कुँवरले लेखेका छन्।

    ‘बगालमा अहिले १ हजार भेडा छन्, मिलेर रेखदेख गरिरहेका छौं,’ उनले भने, ‘रहरले रोजिएको पेसा अहिले आम्दानीको स्रोत बनेको छ, पढेर पनि हामी जस्ता किसानका छोराले जागरी पाउनै गाह्रो छ।’

    यस्तै, तातोपानी–७ ताम्तीगाउँका हरिदत्त रावतले पनि ९ कक्षामा पढ्दै गर्दा भेडा हेर्नुपर्ने भयो । भेडापाल उनको पुख्र्यौली पेसा हो । बुबाले एक्लैले भेडापालन गर्न नसक्ने भएपछि उनले पढाइ छाड्नुप¥यो । प्रकाश र हरिदत्त त प्रतिनिधि पात्र हुन् । ग्रामीण भेगमा बढी भेडा पालन हुने हुँदा अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचबाहिर छन्।

    पाटनमै भेडाबाख्रा चराउने गोठालाहरु हिउँदमा बेंसीका फाँट र गर्मीमा हिमालको काखका बुकीमा पुग्छन् । चाडपर्व, झरी, बादल, हिमपातमा पनिउनीहरु भेडीगोठमा दिन काटिरहेका हुन्छन्।

    गाडखर्क, भुइसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुइसिले लेकसम्म भेडाबाख्रा चराउन पुग्छन् । उनीहरुको जीवनशैली अरु व्यक्तिको भन्दा भिन्न छ । घुमन्ते जीवन बिताउने भेडीगोठालाहरु चरन क्षेत्रमा घाँस सकिएपछि गोठ सार्छन।

    भोजपत्र, त्रिपाल र ढुंगाले छाएको गोठ बनाएर बस्छन् । उनीहरुलाई घरबाट आफन्तले एक–दुई महिना पुग्ने खाद्यान्न पु¥याइदिन्छन् । भेडाको दूध, मकैको आटो, ढिँडो र जंगलमा पाइने च्याउ, निगालाकाटुसा र निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो।

    भेडाको ऊनले बुनेको राडीपाखी ओढ्ने–ओछ्याउने गर्छन्, जुन महँगोमा बिक्री हुन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ।

    भेडीगोठालालाई वर्षा याममा चट्याङको ठूलो डर हुन्छ । यसले कतिपय गोठालाको उठीबास भएको छ भने कतिको त ज्यानैै लिएको छ । चट्याङकै कारण यो वर्ष तातोपानी-७ का भेडीगोठाला प्रकाश कुँवरले एक जना साथी गुमाउनुप¥यो।

    भेडीगोठालालाई कोरोना भाइरस (कोभिड-१९) को कुनै डर छैन।

    हजारौं भेडाको बथान । पाटन र जंगलको बास । चिसो छल्न बेसी झर्दा होस् या गर्मी छल्न लेक ओसार्दा भेडाहरु चोरी हुने, हराउने र जंगली जनावरको आक्रमणमा पर्ने डर भेडापालकलाई हुने गर्दछ । तर जुम्लाका भेडापालक किसानलाई भने डर छैन । कारण, उनीहरुलाई गोठैपिच्छे भोटे कुकुरको पहरा हुन्छ।

     

    सामाजिकपत्र

    • शनिवार, आश्विन १७ २०७७०३:४८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology