• शनिवार, मंसिर १३ गते २०७७

दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

  • 436
    SHARES

  • दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

    इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

    जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का सहित ५३ रनको महत्वपूर्ण इनिङ खेले ।

    टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ६१ बलमा १२ चौका र ३ छक्का सहित १ सय ६ रनमा अविजित रहे । यो धवनको आइपिएलमा लगातार दोस्रो शतक हो ।

    दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

    पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology