नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडपका क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एकजनाको अवस्था गम्भीर भएको छ ।
हिजो भएको झडपमा गम्भीर घाइते भएका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको नेकपा पर्साले जनाएको छ । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको छ ।
नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए । घटनामा संलग्न भएको आरोपमा ७ जना पक्राउ परेका छन् ।