• सोमवार, श्रावण ११ गते २०८३

विदेशी शक्तिको चाहना पुरा गर्ने कार्य कसैबाट नहोस् : प्रबक्ता श्रेष्ठ

विदेशी शक्तिको चाहना पुरा गर्ने कार्य कसैबाट नहोस् : प्रबक्ता श्रेष्ठ

विदेशी शक्तिको चाहना पुरा गर्ने कार्य कसैबाट नहोस् : प्रबक्ता श्रेष्ठ

  • 7.8K
    SHARES

  • विदेशी शक्तिको चाहना पुरा गर्ने कार्य कसैबाट नहोस् : प्रबक्ता  श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पार्टी फुट कदापि उचित र सही हुन नसक्ने  जिकिर गरेका छन्।

    प्रबक्ता श्रेष्ठले पार्टीको बिधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गरे नेकपामा अहिले देखिएको संकट समाधान हुने समेत बताएका छन्।

    ‘यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको बिधि, पध्दति एवं निर्णयको पालना र कार्यान्वयन,’ श्रेष्ठले भनेका छन्।

    प्रबक्ता श्रेष्ठले विदेशी शक्तिको चाहना पुरा गर्ने कार्य कसैबाट हुन नहुने बताएका छन्। उनले भनेका छन् ‘जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ’ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित शीर्ष नेताहरुबीच गम्भीर विवाद भई पार्टी विभाजनको संघारमा पुगेको  सार्वजनिक वक्तव्य आइरहेका बेला श्रेष्ठको यस्तो धारणा सार्वजनिक भएको हो ।

     बैठक बसेर र सबै पक्षहरुका बारेमा खुला छलफल उनले आग्रह गरेका छन्।‘पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिध्दान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालनसम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुनसक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन,’ उनले भनेका छन्।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology