• सोमवार, श्रावण ११ गते २०८३

ओली नेतृत्वमा भैरहेको प्रतिगमन विरुद्धको संघर्षलाई सफल पारौ - नारायणकाजि श्रेष्ठ

ओली नेतृत्वमा भैरहेको प्रतिगमन विरुद्धको संघर्षलाई सफल पारौ - नारायणकाजि श्रेष्ठ

ओली नेतृत्वमा भैरहेको प्रतिगमन विरुद्धको संघर्षलाई सफल पारौ - नारायणकाजि श्रेष्ठ

  • 4.9K
    SHARES

  • ओली नेतृत्वमा भैरहेको प्रतिगमन विरुद्धको  संघर्षलाई सफल पारौ - नारायणकाजि श्रेष्ठ

    काठमाडौँ। माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भन्ने समाचारलाई खण्डन गरेका छन्।

    आज दिउसो सामाजिक सञ्जालमा लेख्दै उनले एक अनलाइनले छापेको समाचार प्रति उनले आपत्ति जनाएका हुन्। समाचार सतप्रतिशत झुठो, कपोकल्पित र षड्यन्त्रमुलक भएकाे भन्दै उनले भत्र्सना गरेका छन्। उनले लेखेका छन्, ”मैले प्रम ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भनी प्रसारित गरेको समाचार शतप्रतिशत झुठ,कपोकल्पित र षडयन्त्रमुलक भएकोले त्यसको तीब्र भर्त्सना गर्दछु।”

    उनले ओली नेतृत्वमा भैरहेको प्रतिगमन,निरङ्कुशता,राष्ट्रघात र कम्युनिष्टघात बिरुध्दको संघर्षलाई सफल पार्न पनि आव्हान गरेका छन्।

    naran-kaji-shres.png

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology