• आइतवार, आश्विन ४ गते २०८३

गोरखाका पालिका प्रमुखलाई माओवादीको निर्देशन : बजेट निर्माणमा एकरुपता कायम गर्नुहाेला

गोरखाका पालिका प्रमुखलाई माओवादीको निर्देशन : बजेट निर्माणमा एकरुपता कायम गर्नुहाेला

गोरखाका पालिका प्रमुखलाई माओवादीको निर्देशन : बजेट निर्माणमा एकरुपता कायम गर्नुहाेला

  • 2.9K
    SHARES

  • गोरखाका पालिका प्रमुखलाई माओवादीको निर्देशन : बजेट निर्माणमा एकरुपता कायम गर्नुहाेला

    गाेरखा- नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई बिकास निर्माणका काममा एकरुपता कायम गर्न निर्देशन दिएको छ ।

    माओवादी केन्द्रले जितेका गोरखाका नाै स्थानीय तहका प्रमुखहरुलाई शनिबार यस्ताे निर्देशन दिएकाे हाे ।

    माओवादीले जितेका पालिका तथा नगरपालिकाहरुमा बिकासमा एक रुपता कायम गर्ने गरी योजना निर्माण गर्न निर्देशन दिएको हाे । बैठकमा योजना निर्माण गर्दा समेत एकरूता पैदा गरेर अघि बढ्न पार्टीले जनप्रतिनिधिहरुलाई निर्देशन दिएको जिल्ला पार्टीले जनाएकाे छ ।

    त्यस्तै जिल्लाभर एउटै मोडलमा बिकासको काम गर्न पनि जनप्रतिनिधिहरुलाई माओवादीले निर्देशन दिएको छ । ‘जिल्लामा बेरोजगारीको अबस्था जटिल छ,’ गाेरखा जिल्ला इन्चार्ज कृष्ण धितालले भने, ‘कम्तिमा माओवादीले जितेका ठाउँमा रोेजगारीको सृजना हुने गरी कार्यक्रम बनाउन पर्छ भन्नेमा पार्टीको जोड छ, हामीले त्यही अनुसार हाम्रा जनप्रतिनिधिहरुलाई निर्देशित गरेका छौ ।’

    बजेटलाई व्यवहारिक र बस्तुगत कसरी बनाउन सकिन्छ भन्नेमा नै बढी छलफल भएकाे उनले बताए ।

    गाेरखामा माओवादीले आरूघाट र सिरानचोक गाउँपालिकाबाहेकका नौ स्थानीय तहमा जितेको छ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ ९ २०७९०६:१८:२५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology