• मंगलवार, आश्विन ६ गते २०७७

नेकपामा नयाँ वैचारिक बहस

नेकपामा नयाँ वैचारिक बहस

नेकपामा नयाँ वैचारिक बहस

  • 478
    SHARES

  • नेकपामा नयाँ वैचारिक बहस

    कार्ल मार्क्सले “आजसम्मको मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो” भनेर निश्कर्ष निकाले । सायद आदिम साम्यवाद, नीजि सम्पतिको उत्पति हुनु अघिकोलाई छोडेर । हालै प्रकाशित आफ्नो बहुचर्चित पुस्तक “पूँजी र विचारधारामा” थोमस पिकेटी माक्र्सको संश्लेष्णलाई पुनः सूत्रिकरण गर्छन्– आज सम्मको मानव समाजहरुको इतिहास विचारधारात्मक संघर्ष र न्यायको खोजको इतिहास हो ।

    हाम्रो जमानाका सबैभन्दा प्रख्यात र असाधारण इच्छाशक्तिले भरिएका वैज्ञानिक स्टेफन हकिंस्ले आफ्नो जीवनको उत्तरार्धतिर लेखेको पुस्तक “महान् परियोजना” मा “दर्शन मरिसक्यो” भनेर घोषणा गर्छन् । आधुनिक विज्ञान खासगरी भौतिकशास्त्रको विकाससँग तादात्म्यता नमिलाएर, आजको ज्वलन्त प्रश्नहरुको जवाफ दिन नसकेर दर्शन मरेको निश्कर्षमा उनी पुगे । सोभियत संघको विघटन, पूर्र्वि यूरोपका देशहरुमा भएको प्रतिक्रान्ति र एकल धु्रविय विश्वको हावाहुरीका बीच फ्रान्सिस फुकुयामाले आफ्नो बहुचर्चित पुस्तक इतिहासको अन्त्य र अन्तिम मानवमा साम्यवादप्रति व्यंग्यको गीत गाए । उनले कार्ल माक्र्सका पूँजी जस्तो ठूल्ठूला पुस्तकका ठेलीहरुको युग सकिएको घोषणा गर्न पनि उत्तिकै ठूला ठेलीहरु लेख्नु पर्यो ।

    हुनत इतिहासले पनि कहिलेकाही मजाक गर्छ । यूरोपका एकजना पादरी पोप जोन, जो न्यूटनको गरुत्वाकर्षणको सिद्धान्तका विरोधी थिए, घरको छत खसेर गरुत्वबलकै नियमद्धारा मारिए । अहिले इतिहासको अन्त्य स्थगित गरिएको छ । यहाँ प्रश्न उठ्छ कि आजको हाम्रो युगको सबैभन्दा ठूलो वैचारिक सवाल के हो ? आजको विश्वको नेतृत्वदायी विचारधारा कुन हो ? आजको विश्वको वैकल्पिक विचारधारा कुन हो ? यीनै प्रश्नहरुको वरिपरि रहेर यस लेखमा छलफल गरिने छ ।

    नयाँ संश्लेषण

    हामी कार्ल मार्क्स र थोमस पिकेटीको भनाईलाई फेरी सूत्रीकरण गर्न सक्छौं: आज सम्मको मानव जातीको इतिहास वर्ग संघर्ष र विचारधारात्मक संघर्षको इतिहास हो । मानव जातीले लिखित र अलिखित इतिहास मार्फत् संघर्षका गाथाहरुको रचना गरेको छ । मूर्त रुपमा भन्दा विश्व कम्युनिष्ट आन्दोलनको इतिहास भन्नु नै वर्ग संघर्ष र विचारधारात्मक संघर्षको इतिहास हो । बुझ्न सजिलोको लागि यहाँ केही दृष्टान्तहरु उल्लेख गरिन्छ ।

    १. पश्चिममा करिब दुई हजार वर्षसम्म अरस्तुको विचारले प्रभुत्व जमायो । सत्यको कसौटीमा अरस्तुका विचारहरु प्रमाणित हुन सक्दैन्थे तर अर्को नयाँ विचारले खण्डन नगरुञ्जेलसम्म सत्य जस्तै रहिरह्यो । उनले ज्ञान सिद्धान्त, दर्शन, साहित्य, खगोल विज्ञान, रसायनशास्त्र, जीव विज्ञान, राजनीति सबै क्षेत्रमा उल्लेख्य योगदान गरे । उनको विचार त्यतिबेलाको समाजको विकासको स्तर र संघर्षको परिणाम थियो । अरस्तुको मत थियो कि पृथ्वी ब्रह्माण्डको केन्द्रमा छ, सूर्य, चन्द्रमा र ताराहरुले पृथ्वीको परिक्रमा गर्दछन् । अरस्तुको विचारलाई टोलेमीले व्यवस्थित व्याख्या गरे । जब कोपरनिकस देखा परे परिस्थिति अर्को बन्यो । केन्द्रमा त सूर्य छ, पृथ्वी र अरु ग्रहहरुले सूर्यको परिक्रमा गर्दछन् । केप्लर र ग्यालिलियोहरु कोपरनिकसको पक्षमा देखा परे तर विकास सहीत । टाउकोमा बज्रिएको स्याउको कथाको सिद्धान्त अर्थात् गुरुत्वबलको सिद्धान्त लिएर न्यूटन आए । उनको सिद्धान्त पनि दोष मुक्त रहेन । ब्रह्माण्डको उत्पति र गतिलाई समाधान गर्न सकेन । आइन्सटाइनदेखि स्टेफिन हकिंस्सम्म आँउदा आजका प्रश्नहरुको त उत्तर पाइएको छ तर गति रहित होइन । न त प्रश्नरहित । अक्सर मान्छेहरु बानी परेको, आदतलाई अंगिकार गर्न सजिलो मान्छन् । जुन कुनै नयाँ खोज अनुसन्धान देखा पर्दछ, तिरस्कारको भावले, उपेक्षा भावले हेर्ने गर्दछन् र कहिलेकाहीँ निन्दा पनि गर्दछन् । जब त्यो सत्यको रुपमा अगाडी आँउछ, त्यसलाई अंगिकार गर्दछन् । आज क्रिश्चियन धर्मले सयौं वर्ष अगाडिका भूल सुधार गर्दैछ ।

    २. पूर्वमा पनि वेद, बौद्ध दर्शन, कन्फ्युसियसको विचार, ताओ दर्शन, कौटिल्यको अर्थशास्त्र लगायतले अरस्तुको समय जत्तिकै जरा गाडेर प्रभुत्व जमाए । यी विचारहरु पनि त्यो समयको उपज थिए । दर्शन, राजनीति, अर्थशास्त्र, समाज विज्ञान, खगोल विज्ञान, स्वास्थ्य विज्ञान आदिमा उल्लेखनिय योगदान पुर्याए । थोमस पिकेटीका अनुसार संसारभर कुनै समयमा त्रिवर्गीय समाज अस्त्विमा रहँदा दक्षिण एशियामा भने चारवर्गीय समाज थियो । जसको सम्पूर्ण छापहरु अहिले पनि विद्यमान रहेको छ ।

    महाविस्फोटदेखि आजसम्मको समयको इतिहासको अध्ययनबाट हामी एउटा निश्कर्षमा पुग्न सक्छौं कि समय एक आयामिक छ । एक आयामिक यसअर्थमा कि यो अगाडि मात्रै बढ्छ पछाडी फर्कदैन र समय स्थानसँग मात्र अस्तित्वमा रहन्छ । स्थान र गति बिनाको समयको औचित्य छैन । त्यसैले महाविस्फोट अर्थात् १३.८ अर्ब वर्ष अगाडीको समयको गनणा गर्नु र नगर्नुको कुनै औचित्य छैन । समयको यस एक आयामिक नियमलाई हामी मानव समाजमा पनि लागु गरेर हेर्न सक्छौं ।

    ३. मानव समाजको गतिका नियमहरुलाई पहिलो पटक सविस्तार तर्कपूूर्ण रुपमा व्याख्या गर्ने काम माक्र्सले गरे । ऐतिहासिक भौतिकवादको जगमा । आदिम साम्यवाद, दासमालिक युग, समान्ती युग, पूँजीवादी युग र समाजवादी युगहुँदै साम्यवादसम्म पुग्ने बाटो माक्र्स एंगेल्सले नै खनेका हुन् । मार्क्सले कम्युनिष्ट घोषणपत्र नलेख्दै ठूलो वैचारिक संघर्षमा हेलिनु पर्यो । संभवतः मार्क्सको पहिलो लिखित वैचारिक संघर्ष थियो त्यो । पियरे जोसेफ पू्रधों माक्र्ससँगै पेरिसमा रहेर अर्थशास्त्रका प्रश्नहरुमा पूराका पूरा रात बिताउँथे । अब चाहिँ बाटो फरक पर्यो जब उनले “आर्थिक अन्तरविरोधहरुको प्रणाली र दरिद्रताको दर्शन” भनेर पुस्तक लेखे । माक्र्सले दर्शनको दरिद्रता भनेर जवाफ फर्काए । माक्र्सले अगाडि लेखे– फ्रान्समा पू्रधोंलाई घटिया अर्थशास्त्री हुने अधिकार छ, किनकी त्यहाँ उनलाई एक राम्रा जर्मन दार्शनिक हुने प्रतिष्ठा प्राप्त छ । जर्मनीमा उनलाई एक घटिया दार्शनिक हुने अधिकार छ किनकी त्यहाँ उनको प्रतिष्ठा योग्यतम् फ्रान्सेली अर्थशास्त्रीहरुमध्येमा एकको रुपमा छ । एकैसाथ जर्मन र अर्थशास्त्री हुनुको नाताले हामी यो दोहोरो गल्तीको विरुद्धमा विरोध प्रकट गर्न सक्दछौं ।

    ऐतिहासिक दस्ताबेजको रुपमा विश्व साहित्यको अमिट पानामा अंकित कम्युनिष्ट घोषण पत्र पनि विचारधारात्मक संघर्ष र वर्ग संषर्घको प्रतिक थियो । कम्युनिष्ट लिगको केन्द्रीय समितिले ब्रसेल्स कमिटीलाई २६ जनवरी १८४८ मा चेतावनी मूलक पत्र पठाएर भन्यो कि पहिलो फरवरीभन्दा अगाडि कम्युनिष्ट घोषणा पत्र प्राप्त नभए माक्र्सलाई कारवाही गरिनेछ । माक्र्सलाई सैपर, ववर र मोलले पत्र पठाएका थिए । माक्र्सले चाहिँ तोकिएको समयभित्रै घोषणापत्र लेखेर बुझाएका थिए ।

    माक्र्सले दर्शनमा सबैभन्दा धेरै विषय जर्ज विल्हेल्म फ्रेडरिक हेगेलबाट सिके, द्धन्द्धवाद हेगेलकै दर्शनको उपज थियो । तर त्यसलाई आदर्शवादबाट मुक्त पारे । टाउकोले टेकेर उभिएको हेगेलको दर्शनलाई खुट्टाले टेकाए । माक्र्सले भने– “संसारमा दर्शनको आर्विभाव त्यसको शत्रुहरुको ठूलो रोदनका बीच हुन्छ ।” त्यसैगरी लुडविग एण्ड्रिज फेउरबाख “हेगेलिय दर्शनको आलोचना र ईशाई धर्मको सार” मा उल्लेखित उनका योगदानहरुको उच्च मूल्यांकन गर्दै उनका कमजोरीहरुको आलोचना गरे ।

    एङ्गेल्स भन्छन्– “फायरबाख आधा भौतिकवादी र आधा आध्यात्मावादी थिए ।” भौतिकवादको अद्वन्द्ववादी विश्लेषण नै उनको कमजोरी थियो । जसलाई मार्क्सले सच्याए र द्वन्द्वात्मक भौतिकवादको अखण्ड दर्शनको रुपमा संश्लेषण गरे । जुन दुई हजार वर्ष अगाडिदेखिको दार्शनिक प्रणालीसँग सम्बन्ध विच्छेद थियो । मार्क्सले जति हेगेलबाट सिके त्यति नै रिकार्डोबाट पनि सिके । दर्शनमा हेगेलको सिद्धान्तलाई सुल्टो पारे जस्तै अर्थशास्त्रमा रिकार्डोका सिद्धान्तहरुलाई पनि सुल्टो बनाए । एडम स्मिथ, रिकार्डो र विलियम पेट्टीका सिद्धान्तहरुबाट सिके र तिनलाई विकसित पनि गरे । थोमस मूर, रोबर्ट ओवेन, चाल्स फूरिय र सेन्ट साइमनको काल्पनिक समाजवादको हकमा पनि त्यही नियम लागु हुन्छ ।

    माक्र्सले अराजकतावादी बाकुनिन, संशोधनवादी बर्नस्टीन र जडसूत्रवादी लासालका विरुद्ध कठोर संघर्ष गरे । बाकुनिनले प्रथम अन्तर्राष्ट्रयलाई फूटतिर धकेले । बर्नस्टीनले माक्र्सवादमा संशोधन आवश्यक छ भन्दै आफूलाई संशोधनवादी घोषणा गरे । लासालको सिद्धान्तको पतनकोबारे “गोथा कार्यक्रम”को आलोचना भनेर दस्ताबेज नै लेख्नु पर्यो । त्यसैगरी, एंगेल्सले यूजेन ड्यूहरीङको पुस्तक “विज्ञानमा प्रवर्तित क्रान्ति” मा व्यक्त आडम्बरपूर्ण बकवासको “ड्यूहरङ मत खण्डन” मार्फत् धज्जी उडाए । एंगेल्सकै चर्चित पुस्तक “परिवार, निजी स्वामित्व र राज्यको उत्पति” लुइस हेनरी मोर्गनको “प्राचीन समाज”, बाखोफनको “मातृसत्ता” र मेकलेननको “प्राचीन इतिहासको रुपरेखा” र “आदिम विवाह” पुस्तकहरुको सार खिचेर लेखेका हुन् । त्यस अलावा उनको आफ्नो खोज पनि सामेल छ ।

    लेनिनको संगठनात्मक सिद्धान्तको आधारशिला “एक पाइलो अगाडि दुई पाइला पछाडि” मेन्सेविकहरुसँगको संघर्षको उपज हो । उनको पुस्तक “के गर्ने” ? भन्ने प्रतिभाशाली रुसी साहित्यकार चेर्निशेब्स्कीको पुस्तककै नाम हो । कार्ल काउत्सकीको पुस्तक “सर्वहारावर्गको अधिनायकत्व”को कडा शव्दमा लेनिनले जवाफ फर्काए– “सर्वहारा क्रान्ति र गद्धार काउत्स्की” भनेर । उनको आज पर्यत्न चर्चाको शिखरमा रहेको पुस्तक “साम्राज्यवाद पूँजीवादको चरम अवस्था” बेलायती अर्थशास्त्री र पत्रकार ए जे हब्सनको पुस्तक “साम्राज्यवाद”बाट धेरै हदसम्म प्रभावित रहेको छ । लेनिनले आफ्नो सिद्धान्तको विकास रोजा लक्जेम्वर्ग, ट्राटस्की, बुखारिन लगायतसँगको विचारधारात्मक संघर्षका विचबाट गरे । एकातिर ट्राटस्कीको “स्थायी क्रान्तिको सिद्धान्त” को अवधारणा थियो भने अर्कोतिर स्टालिनले एक देशमा समाजवादको मान्यता अगाडी बढाए । स्टालिनको “अराजतावाद या समाजवाद” पनि वैचारिक संघर्षकै परिणाम थियो ।

    माओको बहुचर्चित दार्शनिक निबन्ध “अन्तरविरोधबारे” एकातिर पार्टीभित्रको संघर्षको परिणाम र अर्कोतिर स्तालिनसँगको वैचारिक मतभेदको सांकेतिक अभिव्यक्ति थियो । वर्गसंघर्ष, उत्पादनको निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट विचारको विकास हुने माओको मान्यता थियो । माओले समकालिन विचारका खराबीहरुका विरुद्ध मात्रै होइन, कसरी चिनियाँ समाजमा कम्फूसियसवादले जरा गाडेर बसेको छ र त्यसले शोषक वर्गलाई सेवा गरेको छ भनेर त्यसको भण्डाफोर गरे ।

    नेपालमा पनि आफ्नै स्तर र आवश्यकतामा विचारधारात्मक बहस भएको इतिहास छ । शुरुमा नेपाल अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ भन्ने साझा निश्कर्ष निकालियो । पार्टी खुल्ला राख्ने कि भूमिगत ? राजाको वैधानिक नायकत्व मानेर जाने कि नजाने ? राजा महेन्द्रको कू पछाडीको विकल्प के हुने संविधान सभाको चुनाव, वा विघटित संसदको पुनस्र्थापना वा अन्य ? क्रान्तिको बाटो चिनियाँ तरिकाको कि रुसि तरिकाको ? रुसि तरिका भित्र पनि लेनिनको जस्तो सशस्त्र क्रान्ति कि ख्रुश्चोभको जस्तो शान्तिपूर्ण प्रतिस्पर्धा ? राजाले आयोजना गरेको जनमत संग्रहमा भाग लिने कि नलिने ? मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मात्रै भन्ने कि माओवाद/विचारधारा पनि भन्ने ? रुसी प्रतिक्रान्तिलाई कसरी बुझ्ने ? चीनमा प्रतिक्रान्ति भयो कि समाजवाद नै छ ? सर्वहारा साँस्कृतिक क्रान्ति हो वा अतिवाद ? जन आन्दोलन र यसका उपलब्धिहरुलाई कसरी बुझ्ने ? भारतीय शासक वर्ग प्रभुत्ववादी हो कि विस्तारवादी ? संसदीय राजतन्त्रलाई मानेर बस्ने कि नबस्ने ? दीर्घकालिन जनयुद्ध गर्ने कि नगर्ने ? संविधान सभाको चुनावमा जाने कि नजाने ? पुष्पलाल आधारभूत रुपमा माक्र्सवादी लेनिनवादी कि गद्दार ? स्टालिन ठीक कि बेठीक ? पृथ्वीनारायण शाहले गरेको राज्य एकिकरण महान् ऐतिहासिक कदम थियो वा सामन्ती राज्यको विस्तार ? संघीयता ठीक कि बेठीक ? नेपालमा जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भयो कि बाँकी नै छ ? हाम्रो वैचारिक बहसका विषयहरु यिनै हुन् । जस्तो आज पनि बहस जारी छ– अमेरिकी सहयोग एमसीसी परियोजना राष्ट्रघात हो कि आर्थिक समृद्धिको कोसेढुंगा ?

    यति लामो व्याख्या गर्नुको एउटै तात्पर्य हो कि मार्क्सवाद वर्ग संघर्षका क्रममा मात्रै विकसित भएको होइन विचारधारात्मक संघर्षका क्रमका पनि विकसित भएको हो ।

     हामी कुन युगमा छौं

    हामी कहाँ उभिएका छौं भन्ने प्रश्नको निर्क्याैल गरेपछि हामीले के गर्ने भन्ने छिनोफानो गर्न हामीलाई सजिलो होला । प्राचीन पूर्वीया धार्मिक सभ्यतामा चार युगको चर्चा गरिन्थ्यो सत्य युग, द्धापर युग, तेत्रा युग र कली युग । कली युग अन्तिम र विनाशक हुने मान्यता थियो । ऐतिहासिक भौतिकवादी दृष्टिकोण अनुसार आदिम साम्यवाद, दासमालिक युग, सामन्ती युग, पूँजीवादी युग र समाजवादी युगको व्याख्या लामो समयदेखि हुँदै आएको छ । इतिहासकार यूभल नोहा हरारीले शिकारी युग, कृषि युग र औद्योगिक युगमा वर्गिकरण गरेका छन् । हालै कोरोना संकटकै विचमा अर्थशास्त्री जेफ्री स्याकले नयाँ पुस्तक बजारमा ल्याएका छन्– सात युगमा मानव समाजलाई वर्गीकरण गरेर: पूरा पाषाण युग, नव पाषाण युग, घोडा सवार युग, शास्त्रीय युग, सामुन्द्रीक युग, औद्योगिक युग र डिजीटल युग । कसैले यसलाई पाँचौं क्रान्ति भन्छन् जस्तो जेरेमी रिफ्कििन संज्ञानात्मक क्रान्ति, कृषि क्रान्ति, प्रथम औद्योगिक क्रान्ति, दोस्रो औद्योगिक क्रान्ति र अहिलेको समयलाई तेस्रो औद्योगिक क्रान्ति भन्छन् भने विश्व आर्थिक मञ्चका अध्यक्ष क्लाउज स्वाब अहिलेको अवस्थालाई चौथौ औद्योगिक क्रान्ति भन्दछन् । अहिलेको समयलाई केहीले इन्टरनेट पुस्ता भन्दछन् । कसैले साम्राज्यवादी भूमण्डलीकरणको युग हो । कसैले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । कसैले उत्तर–आधुनिक युग, कसैले नवउदारवादको विजयको युग हो ।

    अहिलेको युग कुन युग हो भनेर परिभाषित गर्नु अघि अहिलेको युगका विशेषताहरुबारे चर्चा गरौं 

    १. अहिले डिजिटल भूमण्डलिकरणको अवस्थामा छौं । मानव जातीको भूमण्डलिकरणको पछिल्लो आयाम सत्तरी हजार वर्ष अघि अफ्रिकाबाट विश्वव्यापी हुन शुरु गरेबाट भएको हो । आजसम्म पनि जारी छ । हाम्रो आजको मानव जाती होमो सेपियन्स (बौद्धिक मानिस) एउटै अफ्रिकन जातीको उत्पति हो वा अन्य मानव जातीको पनि मिश्रण हो निक्र्यौल भइसकेको छैन । जे भएपनि हामी डिजिटल भूमण्डलिकरणको समयमा छौं ।

    २. डिजिटल भूमण्डलिकरणले आजको सात अर्ब असी करोड मान्छेलाई एउटै मोबाइल फोन मार्फत् सम्पर्कमा ल्याउन सक्ने सञ्चार क्रान्तिको सञ्जालले जोडेको छ । हाम्रो पुस्ता इन्टरनेट पुस्ता हो । इन्टरनेटले पछिल्ला तीस वर्षमा मानव जीवनका हर पक्षमा नविनतम क्रान्ति ल्याइदिएको छ । आगोको आविष्कार, भाषाको विकास, औजारको प्रयोग, वनस्पति, जनावर र आफ्नै घरेलुकरण वा कृषि क्रान्ति, डुगांको प्रयोग, कागजको आविष्कार, लिपीको विकास, वाष्प इञ्जिन र उद्योगको विकास, जिवाश्मा इन्धनको प्रयोग, टेलिफोन, रेडियो र टेलिभिजनको विकास, बस, रेल र हवाइ जहाजको रुपमा यातायातको प्रयोग, कम्प्युटर र प्रेशको प्रयोग, थ्रिडी प्रिन्टीगं, डिएनएको प्रयोग यस्ता अनन्त सूचिहरु हामीसँग छन्, जसले मानव जीवनमा चमत्कारिक क्रान्ति ल्याइदिएका छन् । यी क्रान्तिहरुको नविनतम् सूचिको सर्वोच्च स्थानमा इन्टरनेट रहेको छ । अहिले मानव जीवनका हर पक्ष इन्टरनटेमा जोडिएका छन् । यसलाई वस्तुहरुको इन्टरनेट पनि भन्न थालिएको छ ।

    ३. अबको राजनीति, अर्थनीति, संस्कृति र समग्रमा सामाजिक क्रान्ति इन्टरनेटबिना असंभव जस्तै भएको छ । जसरी आज आगो बिना जीवन असंभव छ त्यसरी नै इन्टरनेट बिना पनि असंभव नै हुनेछ । सूचना प्रविधि, यातायात र उर्जामा आएको क्रान्तिलाई नयाँ ढंगले संश्लेषणको जरुरी छ आज । पूँजीवाद आफैले खडा गरेका संरचनाको कारण आफूसँगै मानव जातीलाई नै मृत्यु शैयामा लगिरहेको छ । नवउदारवादी विचार पूँजीवादको रक्षा कवच हो, जो संकट ग्रस्त अवस्थामा छ । आज यस पृथ्वीका सात जना सबैभन्दा धनाढ्यसँग भएको सम्पति तीन अर्ब पचास करोड मान्छेसँग भएको सम्पति बराबर छ । धनी र गरिबका विचमा देखिएको खाडल यति गहिरो यस अघि कहिल्यै थिएन । नाफाको लागि गरिएको हर हथ्कण्डाले पृथ्वी मानिस बस्न अयोग्य बन्दैछ । यसको अपजस यसको नेतृत्वदायी विचार नवउदारवाद बाहेक अरुको काँधमा आउँदैन । मानव सहकार्य नयाँ स्तरमा विकास गर्न जरुरी भएको छ । त्यो विचार समाजवाद बाहेक अहिलेको लागि अरु हुनै सक्दैन । कस्तो समाजावाद हामीले छलफल गर्नु पर्ने भएको छ ।

    ४. कस्तो समाजवाद ? जेरेमी रिफ्किनले भने जस्तो सहयोगी समाजले त्यसको पूर्ति गर्ने हो ? थोमस पिकेटीले भने जस्तो सहयोगी समाजवाद हो ? नोम चोम्स्कीले भने जस्तो उदार समाजवाद हो ? लासालले भने जस्तो लोकतान्त्रिक समाजवाद हो ? मार्क्स-एंगेल्सले व्याख्या गरेको वैज्ञानिक समाजवाद हो ? मार्ता हार्नेकरले लेखेको एक्काइसौं शताब्दीको समाजवाद हो ? वा चिनियाँ विशेषताकोे समाजावाद जस्तो हो ? समाज, विषय र आवश्यकता नयाँ ठाँउमा छ तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बहस पुरानै ठाँउमा छ । हिजोका सूत्रहरुद्धारा आजका समस्याहरुको समाधान संभव छैन । आजका समस्याहरुको समाधानको लागि वैचारिक बहसको थालनी ढिलो भइसकेको छ । सबैको ध्यान यतातिर जानु पर्छ कि 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology